कांग्रेस उपसभापतिमा पूर्णबहादुर र धनराजको अग्रता 

कांग्रेस उपसभापतिमा पूर्णबहादुर र धनराजको अग्रता 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापति पदमा संस्थापन पक्षका पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।

कांग्रेस पार्टी कार्यालय ललितपुर सानेपामा जारी मतगणनामा खड्काले १३२१ मत ल्याएर अग्रता लिएका हुन्। 

उपसभापतिमा संस्थापनइतरका धनराज गुरुङले १२६७ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन्।

यस्तै उपसभापतिमा संस्थापन पक्षका विजय कुमार गच्छदारले १२१३ मत ल्याउँदा संस्थापनइतरका डा.चन्द्र भण्डारीले १११५ मत पाएका छन्। 

उपसभापतिका अरू उम्मेदवार सुजाता कोइरालाले ३७५, महेश आचार्यले २६६ र दिव्यश्वरी शाहले ११२ मत पाएका छन्। 

मंसिर २९, २०७८ बुधबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।