धनराज गुरुङ र चन्द्र भण्डारीले बढाए मतान्तर 

धनराज गुरुङ र चन्द्र भण्डारीले बढाए मतान्तर 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापति पदमा संस्थापनइतर समूहका उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङले अग्रता लिएका छन्।

३ हजार मतको गणना गर्दा गुरुङले १४६० र भण्डारीले ११७५ पाएका छन्। संस्थापन पक्षका पूर्णबहादुर खड्काले ८९० मत पाउँदा संस्थापन पक्षकै विजयकुमार गच्छदारले ८२२ मत पाएका छन्।

उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले १८०,  महेश आचार्य ३५० र दिव्यश्वरी शाह १७५ मत पाएका छन्। 

मंसिर २९, २०७८ बुधबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।