विश्वका धेरैजसो देशमा पुग्यो ओमिक्रोन भेरियन्ट : डब्ल्यूएचओ

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको अनुमान गरेको छ।
हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ। यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तीव्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन्।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताएका छन्।
ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको उनले बताए।
यस भेरियन्टसँग जुध्न कयौँ देशले बुस्टर मात्रा सुरु गर्ने बताएपछि उनले बुस्टर डोजहरूले कोभिड फैलन रोक्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए।
मंसिर २९, २०७८ बुधबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।