माघ २ गतेदेखि जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण बैठकले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
सर्वोच्चको पूर्ण बैठकले गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्थाका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ संशोधन गरेर पेस गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ।
सर्वोच्च अदालत प्रशासनले गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्थाका लागि आवश्यक पर्ने सबै प्रक्रिया पुरा गरेर पूर्ण बैठकमा पेस गर्ने अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। पूर्ण बैठकले निर्णय गरेपछि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित हुनेछ।
प्रवक्ता दाहालले आवश्यक सबै प्रक्रिया पुरा गरेर माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू हुने बताए।
मंसिर २९, २०७८ बुधबार १८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।