कांग्रेस उपसभापतिको मतगणना सुरु 

कांग्रेस उपसभापतिको मतगणना सुरु 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापति पदमा भएको मतदानको मतगणना सुरु भएको छ।

कांग्रेस पार्टी कार्यालय ललितपुर सानेपामा उपसभापति पदको मतगणना सुरु भएको हो। कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। 

सभापतिको निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि अब पदाधिकारीको मतगणना सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।   

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विजय कुमार गच्छदार र सुजाता कोइराला प्रतिस्पर्धामा छन् । 

 

मंसिर २९, २०७८ बुधबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।