विद्युत् बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले विद्युत् बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार गरेको नव उत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले विद्युत् बिक्री गरेर व्यापार घाटा कम नहुने बताए।
उनले विद्युत् खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरे मात्र व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे। विद्युत् बिक्रीबाट अर्थतन्त्र बलियो नहुने उनको भनाई छ।
‘विद्युत् उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’,उनले भने,‘एकातिर विद्युत् खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन। यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन।’
नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए।
मंसिर २९, २०७८ बुधबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।