शेखरले भने, के खेल भयो पत्ता लगाउनुहोस्

शेखरले भने, के खेल भयो पत्ता लगाउनुहोस्

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा पराजित डा.शेखर कोइरालाले देश अध्यादेशबाट चलिरहेको बताएका छन्। संसद् नचलेको र देश अध्यादेशबाट चलेको कोइरालाले बताए।

काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले न्यायपालिकामा अस्तव्यस्त देखिएको उल्लेख गरे। ‘न्यायपालिका नराम्ररी फसेको छ,’उनले भने,‘प्रधानन्यायाधीशले कसरी निकास दिनुहुन्छ, हेरौँ।’ 

देशको ढुकुटीमा पैसा नरहेको र आर्थिक सूचकहरू राम्रो नदेखिएको उनले उल्लेख गरे। उनले पार्टीमा भागबन्डा नमाग्ने दोहोर्याए।

प्रकाशमान सिंह र विमलेन्द्र निधिले सहयोग नगर्नुको कारणबारे कोइरालाले भने,‘के खेल भयो तपाइहरू पत्ता लगाउनुहोस्।’ 

मंसिर २९, २०७८ बुधबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।