मन्त्री श्रेष्ठले भने, परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ 

मन्त्री श्रेष्ठले भने, परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ 

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन्। 

कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दिगो रूपमा समाधानका लागि पहल गर्ने बताए।  

श्रेष्ठले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरूको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए।

उनले आवश्यकता, रुचि र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्यआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाए। 

बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने उनको भनाई थियो। सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताए।

एमाले सांसद शान्ता चौधरीले कमैया, कमलरी र हलियाका रूपमा दुःख पाएकाहरू मुक्त भएपछि पनि न्यायिक पुनर्स्थापना प्रभावकारी हुन नसकेको बताइन। 

मंसिर २९, २०७८ बुधबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।