शेखरले भने- हामी गुटबन्दी र भागबन्डाको राजनीति गर्दैनौँ, फेरि तपाइँहरूको आँगनमा आउने छु
काठमाडौँ : १४ औँ महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाले शेरबहादुर देउवालाई शुभकामना दिँदै पार्टी पाँच वर्ष जसरी विकृतिमा चल्यो त्यसरी नै चल्यो भने हामी खबरदारी गर्नेछौँ।
'यसलाई स्वाभाविक रूपमा लिएको छु। मनमा कुण्ठा पनि छैन। कसले के गर्यो भन्ने पनि मलाई मतलब छैन' उनले भने।
यो पराजयमा सबैभन्दा राम्रो के देखे भने परिवर्तनको पक्षमा रहेका साथीहरूले हाम्रो टिमले लिएको कदम विजय भएको सोच्नु भएको रहेछ भन्दै आफूहरू विजय भएको बताए। उनले आफ्नो समूहले लिएको राजनीतिक अजेण्डाहरु स्थापित भएको बताए।
उनले पार्टीमा युवा पुस्तालाई अवसरै अवसरको ढोका खुलेको बताउँदै आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणका लागि लागेको भन्दै सबैको घर दैलोमा पुग्ने बताउँदै आगामी अधिवेशनमा सफलता प्राप्त गर्ने बताए।
उनले भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने भन्दै राम्रो काम गरेर पार्टीका नेता-कार्यकर्ताहरुलाई सोच्न बाध्य बनाउने बताए।
उनले पार्टीका नेता र कार्यकर्ताहरूले देखाएको जोस र माया र सम्मानका लागि धन्यवाद दिएका छन्।
' यो माया र सम्मान म कहिल्यै बिर्सने छैन। यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढङ्गले सुरु गर्छु।'
मंसिर २९, २०७८ बुधबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।