डा. महतको दाबी- आफ्नै समूह विभाजित हुँदा शेखर पराजित

डा. महतको दाबी- आफ्नै समूह विभाजित हुँदा शेखर पराजित

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफ्नै समूहभित्र विभाजन आउँदा डा. शेखर कोइरालाले पराजित भएको टिप्पणी गरेका छन्।

'निर्वाचनअघि आफ्नै समूहको भनिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले दोस्रो चरणमा असहयोग गर्दा शेखरले हार्नुपर्यो,' सभापतिका उम्मेदवार शेखर कोइरालाले आयोजना गरेको धन्यवाद कार्यक्रममा उनले भने।

तैपनि, शेखरले गर्नुभएको मत सम्मानजनक भएको र अबका दिनमा पार्टीलाई बलियो बनाउन उहाँको भूमिका अहम् रहने उनले बताए।

उनले भने, 'म शेरबहादुरजीलाई पनि भन्छु, पार्टीलाई सशक्त बनाउन गुटबन्दी त्याग्नुस्। विधिको शासनमा विश्वास गर्नुस्, त्यसमै सबैको भलाइ छ।'

मंसिर २९, २०७८ बुधबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।