शेखर समूहको नामकरण गरियो 'परिवर्तनकारी समूह'

शेखर समूहको नामकरण गरियो 'परिवर्तनकारी समूह'

काठमाडौँ : सभापतिमा पराजित शेखर कोइराला समूहलाई परिवर्तनकारी समूह नामकरण गरिएको छ। प्रज्ञा भवनमा भइरहेको यो समूहको भेलामा सम्बोधन गर्ने नेताहरूले कोइराला समूहलाई परिवर्तनकारी समूह भनेर सम्बोधन गरेका हुन्।

कार्यक्रममा संस्थापनइतर समूहका रामचन्द्र पौडेल, शशाङ्क कोइराला बाहेकका वरिष्ठ नेताहरू सहभागी छन्। निर्वाचनको समयमा शेखरको कार्यक्रममा नदेखिएका डा रामशरण महत समेत बुधवारको भेलामा आएका छन्।

कार्यक्रममा अर्जुन नरसिंह केसी, बलबहादुर केसी लगायतका वरिष्ठ नेताहरू सहभागी छन्। उनीहरूले सम्बोधनमा १४ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तनको प्रारम्भ भएको भन्दै यसलाई निरन्तर रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्। उनीहरूले ४० प्रतिशत मत आएकाले यो समूहलाई निरन्तर रूपमा अगाडि बढाउनुपर्ने बताउँदै समूहको बलमा पार्टी नेतृत्वसँग भागबन्डा गर्न नहुने बताएका थिए।

बलबहादुर केसीले कार्यक्रममा भने' भाले बासिसकेको छ। अब चाँडै बिहान हुनेछ। 

मंसिर २९, २०७८ बुधबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।