हुकुमी शैलीबाट अब पार्टी चल्दैन : केसी

हुकुमी शैलीबाट अब पार्टी चल्दैन : केसी

काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बासी विचार बोकेको एउटा झुन्डबाट अब पार्टी नचल्ने बताएका छन्।

सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै केसीले भने,‘हुकुमी शैली र हुकुमी  शैलीबाट चल्दैन। व्यक्तिबाट होइन नीतिबाट पार्टी चल्नुपर्छ भनेर मतदान गर्ने सबै कार्यकर्तालाई धन्यवाद।’

पार्टी तस्कर र डनको हातमा जाने हो कि भन्ने चिन्ता रहेको उनले बताए। ‘शेरबहादुर देउवाले के के गरेर चुनाव जिते हामीलाई थाहा छ,‘केसीले भने,‘जसरी जिते पनि उहाँ हाम्रो सभापति हो, सहयोग गर्न तयार छौँ।’ 

प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधि विरुद्ध सङ्केत गर्दै उनले पात्र होइन, प्रवृत्ति विरुद्ध लड्नुपर्ने अवस्था सिर्जना भएको बताए।

केसीले भने, ‘मैले धेरै कोसिस गरेँ तर उहाँहरूले परिवर्तनलाई स्वीकार गर्न चाहनु भएन। यस्तै स्थिति रहने हो भने अब सज्जन मान्छेले राजनीति नगरे भयो।’

उनले एउटा नयाँ यात्राको प्रारम्भ गर्नु पर्ने देखिएको छ। पार्टीलाई पूजक होइन विचार प्रधान बनाउन सभापति शेरबहादुर देउवालाई उनले आग्रह गरे। 

मंसिर २९, २०७८ बुधबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।