परिवर्तनकारी विचार समूहको भविष्य शेखर कोइरालामा निर्भर : बलबहादुर केसी

परिवर्तनकारी विचार समूहको भविष्य शेखर कोइरालामा निर्भर  :  बलबहादुर केसी

काठमाडौँ : नेपाली कांग्रेसका नेता बलबहादुर केसीले नेपाली कांग्रेस अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्। परिवर्तनको एजेन्डा बोकेर मतदातामाझ गए पनि यो एजेन्डाले सार्थकता पाउन नसकेको उनको धारणा थियो।

सभापतिका उम्मेदवार शेखर कोइरालाले आयोजना गरेको कार्यक्रममा केसीले भने ‘यो विचार समूहले हतोत्साही नभई अगाडि बढ्नु जरुरी छ। शेखर कोइराला कति अडिग भएर अगाडि बढ्नुहुन्छ, त्यसैमा यो विचार समूहको भविष्य निर्धारण गर्छ।’

यो विचार समूह पराजित भयो भन्नुभन्दा पनि पार्टी र लोकतन्त्रलाई बचाउन सबै जना एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए।

उनले उज्यालोका लागि पर्खन आग्रह गर्दै केसीले भने,‘कुखुराको भाले बासिसक्यो, उज्यालो कसैले रोक्न सक्दैन, सक्दैन, सक्दैन।’ उनले पाँच वर्षसम्म नेतृत्वको  कार्यशैलीसँग सहमति नभएर एक ठाउँमा उभिए पनि अन्तिममा एक ठाउँमा रहन नसक्नु दुर्भाग्य भएको बताए। 

मंसिर २९, २०७८ बुधबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।