आयात ६१.६ प्रतिशतले वृद्धि, चालु खाता २ खर्ब २३ अर्ब रुपैयाँले घाटामा

काठमाडौँ : चालु आर्थिक वर्षको चार महिनामा कुल बस्तु आयात ६१.६ प्रतिशतले बढेको छ। ६१.६ प्रतिशतले आयात वृद्धि भएर ६५० अर्ब २९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा आयात १०.६ प्रतिशतले घटेको थियो। भारतबाट ४६.१ प्रतिशतको बस्तु आयात भएको छ। चीनबाट ५६.९ र अन्य मुलुकबाट ११७.२ प्रतिशतले वस्तु आयात वृद्धि भएको छ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको चार महिनाको समीक्षा अवधिमा वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। भारतमा १४०.२ प्रतिशत, चीनमा ७.३ प्रतिशत र अन्य मुलुकतर्फ २३.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आइ ३१२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने बढेर ९६ हजार ३८२ पुगेको छ।
समीक्षा अवधिमा चालु खाता २२३ अर्ब १९ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैङ्कले जनाएको छ। शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको बैङ्कले जनाएको छ।
मंसिर २९, २०७८ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।