चन्द्र भण्डारीको गुनासो- हामी पार्टी सुधार्न खोज्छौं, कार्यकर्ता उतैतिर जानुहुन्छ त हामी के गरौं

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले अहिलेको महाधिवेशनले सत्ता र शक्तिका निम्ति ठूला-ठूला खम्बाहरु कसरी ढल्दा रहेछन् भन्ने स्पष्ट पारेको बताएका छन्।
डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'हामीले पार्टीलाई सुधार्न खोज्यौं तर मान्छेहरु सत्ता र शक्तिको आडमा पुरानै विचारतिर पछि-पछि लागे त हामी के गरौं।'
अब पन्ध्रौं अधिवेशनमा आफ्नो परिवर्नकामी टिम विजयी भएरै छाड्ने पनि उनले बताए।
'यो महाधिवेशनले धेरै कुरा सिकायो, हामी परिवर्तनका लागि अघि बढेका हौं। हामी पार्टी सुधार्न अघि बढेका हौं। पार्टी सुध्रिए राजनीति सुध्रिन्छ। राजनीति सुध्रिए देश सुधार्न सकिन्छ,' उनले भने।
नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै उनले देउवालाई अब गुटको राजनीति त्यागेर सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेका थिए।
मंसिर २९, २०७८ बुधबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।