नेप्से ४ अङ्कले घट्यो, कारोबार ४ अर्ब रुपैयाँ

काठमाडौँ : नेप्सेमा सेयर बजार कारोबार ओरालो लागेको छ। नेप्से ४.२३ अङ्कले घटेर परिसूचक २४१४.६२ बिन्दुमा कायम गरेको छ।
२२८ कम्पनीका ९८ लाख ७९ हजार १०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूह मध्ये बैङ्किङ, होटेल तथा पर्यटन, अन्य, माइक्रो फाइनान्स र जीवन बिमा घटेको छ। होटेल तथा पर्यटन ५३.२८, जीवन बिमा ४३.९८, माइक्रो फाइनान्स १७.७९, अन्य ११.०५ र बैङ्किङ उपसमूह ९.२८ अङ्कले घटेको छ।
फाइनान्स उपसमूह ४६.६२ अङ्कले बढेको छ। यस्तै व्यापार २९.२३, विकास बैङ्क ४०.४७, निर्जीवन बिमा २७.०६ र जलविद्युत उपसमूह ७.५७ अङ्कले बढेको छ।
मंसिर २९, २०७८ बुधबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।