प्रकाशमानको विचारको राजनीति सकियो : गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार धनराज गुरुङले प्रकाशमान सिंहमा निष्ठा, त्याग र विचारको राजनीति समाप्त भएको टिप्पणी गरेका छन्।
हिजोसम्म शेरबहादुर देउवाको कटु आलोचकका रुपमा रहेका सिंहले आज रातारात सभापतिका लागि देउवालाई समर्थन गर्नुले उनको स्वार्थको राजनीति उदांगो भएको गुरुङले बताए।
'प्रकाशमान एउटा नेता मात्रै होइन, उहाँ सर्वमान्य नेता गणेशमान सिंहका छोरा पनि हो,' उनले भने, उहाँले गणेशमान सिंहलाई समेत सम्मान गर्न सक्नुभएन।'
प्रकाशमान सिंह र विमलेन्द्र निधिले व्यक्तिगत स्वार्थका लागि राजनीतिक बेइमानी गरेको गुरुङको आरोप छ।
मंसिर २९, २०७८ बुधबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।