भौतिक पूर्वाधारको विकासले मात्र समाज बदलिन्न : पौडेल

भौतिक पूर्वाधारको विकासले मात्र समाज बदलिन्न : पौडेल

बुटवल : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधारको विकासले मात्र समाज नबदलिने बताएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उनले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताए।

पूर्वाधार विकासमा छलाङ मारिरहेको तिलोत्तमा नगरपालिकाले मानवीय मुद्दालाई समेत प्राथमिकतामा राखेर बालमैत्री नगर घोषणा गरेको भन्दै यसको कार्यान्वयनका लागि सबैले साझा धारणा बनाउनुपर्ने उनले बताए।

‘विकासको अर्को महत्वपूर्ण मुद्दा मानवीय विकास, बाल विकास र बाल संरक्षणमा पनि नगरपालिका जिल्लामै पहिलो भएको छ। यसले भौतिक विकास र मानवीय विकासबीच सन्तुलन कायम गरेको छ,’ उनले भने।

मंसिर २९, २०७८ बुधबार १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।