अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

एजेन्सीः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। मंगलबार उनलाई सङ्क्रमण पुष्टि भएको हो।

प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए। मंगलबारकै दिन अष्ट्रेलियामा देशभरि झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए।

सिड्नीलगायतका शहरहरूमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाई पनि सङ्क्रमण भएको हो। यद्यपि उनलाई भएको सङ्क्रमण ओमिक्रोन हो वा अरू भेरियन्ट हो भन्नेबारे जानकारी दिइएको छैन।

मंसिर २९, २०७८ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।