कांग्रेस उपसभापति र महामन्त्रीका लागि भोलि मात्रै मतगणना हुने

कांग्रेस उपसभापति र महामन्त्रीका लागि भोलि मात्रै मतगणना हुने

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना आज नहुने भएको छ। यसअघि आज अपराह्नबाट मतगणना गरिने भनिए पनि आज नगर्ने भएको कांग्रेसका मिडिया सञ्योजक सुरेश आचार्यले उकेरालाई बताए। 

'उपसभापति र महामन्त्रीका लागि भोलि बिहान ८ बजेबाट मात्र मतगणना हुने कुरा आएको छ', आचार्यले भने।

यसअघि आज सम्पन्न मतगणनाबाट शेरबहादुर देउवा सभापति पदमा निर्वाचित भएका छन्। 

मंसिर २९, २०७८ बुधबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।