प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ।

यसअघि छापावाल सुन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० छ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा स्थिर रहेको छ। आज चाँदीको मूल्य एक हजार २१० तोकिएको छ।

मंसिर २९, २०७८ बुधबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।