चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

भक्तपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको चाँगुनारायण नगरपालिकामा छापा मारेको छ। मङ्गलबार छापा मारी आयोगले विभिन्न कागजात समेत बरामद गरेको छ।

धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले टोली नै खटाएर छापा मारेको हो।

अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजश्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको रिसालले बताए। 

मंसिर २९, २०७८ बुधबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।