पोखरामा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

पोखरामा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

कास्कीः पोखरा महानगरपालिका-९ चाइनापुलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-१४ काजिपोखरी बस्ने ६० वर्षीया शान्तिमाया पुन रहेकी छिन्।

गम्भीर घाइते भएकी पुनको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ख १८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ग१४प ५८२२ नम्बरको स्कुटरलाई हिजो दिउँसो साढे १२ बजे ठक्कर दिएको हो।

दुवै सवारी साधन र ट्रक चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। 

मंसिर २९, २०७८ बुधबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।