आज प्रदेश २मा प्रदेश सभा बैठक बस्दै

आज प्रदेश २मा प्रदेश सभा बैठक बस्दै

धनुषाः प्रदेश नम्बर २को प्रदेश सभा बैठक आज बस्दैछ। आज बिहान ११ बजे प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बस्ने भएको हो।

प्रदेश सभामा आज प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने र केही अध्यादेशमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

हिजोबाट प्रतिनिधि सभाको पनि हिउँदे अधिवेशन सुरु भएको छ। 

मंसिर २९, २०७८ बुधबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।