दुर्घटनाग्रस्त ट्याङ्करबाट डिजेल चोर्न खोज्दा ६० जनाको मृत्यु

एजेन्सीः क्यारेबियन मुलुक हैटीमा मङ्गलबार एक इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा पर्यो। ट्याङ्कर पल्टिएको देखेर सयौं स्थानीय डिजेल चोर्न ट्याङ्कर भएछेउ पुगे।
उनीहरूले डिजेल आआफूले ल्याएको भाडामा हाल्न थाले। तर एक्कासी ट्याङ्कर विस्फोट भयो। र अनाहकमा ६० जनाको ज्यान गयो।
यो घटनामा कयौं घाइते भएका छन्। अधिकांशको शरीरको भाग जलेको छ। हैटीका अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
घटनास्थल केप हैटीयनका मेयर र सो देशका प्रधानमन्त्रीले यस घटनाको पुष्टी गरेका छन्।
हैटीमा लोडसेडिङ ठूलो समस्याको रूपमा रहेको छ। त्यहाँका स्थानीय जेनेरेटरको साहरामा विजुली बाल्ने गर्छन्। यसैकारण ट्याङ्कर पल्टिनासाथ उनीहरू निशुल्क डिजेल पाइने आशमा त्यहाँ पुगेका थिए।
मंसिर २९, २०७८ बुधबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।