कांग्रेसका अन्य पदाधिकारीको मतगणना अपराह्नदेखि

कांग्रेसका अन्य पदाधिकारीको मतगणना अपराह्नदेखि

काठमाडौंः  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको निर्वाचनको बाँकी मतगणना आज अपराह्नदेखि सुरु हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जनाएको हो।

आज सभापतिबाहेकको अन्य पदाधिकारीको मतगणना गरिनेछ। सभापतिको मतगणना बुधबार बिहान सम्पन्न भएको थियो। कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोश्रो चरणमा मतदान भएको थियो।

सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए भने प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए। 

अब बाँकी पदाधिकारी र सदस्यको मतगणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ। कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए। 

मंसिर २९, २०७८ बुधबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।