मतान्तर बढाउँदै देउवा : २४९९ गन्दा ल्याए १४८२

मतान्तर बढाउँदै देउवा : २४९९ गन्दा ल्याए १४८२

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मत गणनामा २४९९ हजार मत गन्दा शेरबहादुर देउवाले १४८२ मत ल्याएका छन्।

 

देउवालाई पछ्याइरहेका शेखर कोइरालाले ९९७ मत पाएका छन्।

राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।

दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी  कल्याण गुरुङले समर्थन गरेका थिए। नेतृत्व परिवर्तन भन्दै उम्मेदवारी दिएकाले पुरानै नेतृत्वलाई समर्थन गरेपछि उनीहरूको आलोचना भइरहेको छ।

 

मंसिर २९, २०७८ बुधबार ०१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।