९९९ गन्दा देउवाको ५९०

९९९ गन्दा देउवाको ५९०

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मत गणनामा ९९९ मत गन्दा शेरबहादुर देउवाले ५९० मत पाएका छन्। 

शेखर कोइरालाको ४०१ मत आएको छ। राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो।

राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।

दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी  कल्याण गुरुङले समर्थन गरेका थिए। नेतृत्व परिवर्तन भन्दै उम्मेदवारी दिएकाले पुरानै नेतृत्वलाई समर्थन गरेपछि उनीहरूको आलोचना भइरहेको छ।

 

मंसिर २९, २०७८ बुधबार ००:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।