पदाधिकारीको टुङ्गो नलगाई सकियो सुदूरपश्चिम माओवादी सम्मेलन

धनगढी : पदाधिकारीको टुङ्गो नलगाएरै माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन सकिएको छ। २२३ जना प्रदेश सदस्यहरू घोषणा गरेर अधिवेशन सकिएको प्रदेश कमिटी सचिव नेप बहादुर चौधरीले बताए।
शनिवार र आइतबारको लागि तय सम्मेलन नेतृत्वमा सहमति हुन नसकेपछि थप दुई दिन लम्बिएको थियो।
'सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति जुटाएर सदस्यहरू घोषणा गरेका छौँ। सहमति हुन सकेको ठाउँमा खाली राखिएका छौँ,प्रदेश कमिटी सचिव चौधरीले भने,` प्रदेश सदस्यहरूलाई शपथ ग्रहण पनि गराइसकेका छौँ।´
सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने तयारी गरिएको थियो।
तर, प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो। प्रदेश कमिटीको पहिलो बैठकबाट पदाधिकारीहरू टुङ्गो लगाइने चौधरीले जानकारी दिए ।
मंसिर २८, २०७८ मंगलबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।