प्रहरीको २ घेरे सुरक्षामा सभापतिको तीन ट्याङ्की मतपत्र

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। मतदान सकिए लगत्तै सुरक्षाकर्मीले मत रहेको ट्याङ्की जम्मा गरेर सुरक्षा घेरामा राखेका छन्।
तीन वटा टाङकीलाई प्रहरीले २ वटा सुरक्षा घेरा बनाएर राखेको छ। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।
निर्वाचन समितिले आजै मत गणनाको तयारी गरेको छ। सभापतिको दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्।
पहिलो चरणका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका थिए।
मंसिर २८, २०७८ मंगलबार २२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।