ब्राउन सुगरसहित दाङमा १० जना पक्राउ

दाङ : दाङको तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मङ्गलवार तुलसीपुर बजार तथा आसपासका विभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
लागु औषध किन्नकै लागि बजारमा चोरी बढेको भन्दै प्रहरीले विभिन्न स्थानमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २१ वर्षीय वीर बहादुर विक, तुलसीपुर ८ कृष्ण मन्दिर निवासी २५ वर्षीय अमर सन्दर्भ, तुलसीपुर १ भमके निवासी ३३ वर्षीय बिरबल बिरकट्टा, सल्यान कुमाख गाउँपालिका वडा नं. २ खानीखोला घर भई तुलसीपुर ५ पात खोला टेक्सीपार्क बस्ने २८ वर्षीय वीर बहादुर चलाउने रहेका छन्।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ का २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ बस्ने २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ बस्ने २४ वर्षीय एकजार डाँगी र तुलसीपुर ५ बस्ने २६ वर्षीय मानबहादुर विकलाई पक्राउ गरिएको हो।
मंसिर २८, २०७८ मंगलबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।