कांग्रेस सभापतिको चुनाव : ४ हजार ५६४ मत खस्यो, गणना सुरु गर्ने तयारी 

कांग्रेस सभापतिको चुनाव : ४ हजार ५६४ मत खस्यो, गणना सुरु गर्ने तयारी 

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ५६४ मत खसेको छ। १४ औँ महाधिवेशन अन्तर्गत सभापति चुन्न मंगलबार भएको दोस्रो चरणको चुनावमा ४ हजार ७४३ मतदाता मध्ये ४ हजार ५६४ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ। 

मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका सिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको छ। 

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्याशी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो। 

सोमबारको मतदानमा देउवाले २ हजार २५८ र कोइरालाले १ हजार ७०२ मत ल्याएका थिए। सभापतिका अन्य प्रत्याशी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। 

मंसिर २८, २०७८ मंगलबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।