कांग्रेस प्रतिनिधिहरूलाई गगनले भने, नेताहरूले लिने ठेक्का तोड्न खुट्टा कमाउनु हुँदैन 

कांग्रेस प्रतिनिधिहरूलाई गगनले भने, नेताहरूले लिने ठेक्का तोड्न खुट्टा कमाउनु हुँदैन 

पार्टी नेतृत्व परिवर्तनका लागि एक ठाउँमा उभिएका नेताहरूले बदलेको भूमिकाबारे नेता थापाले कुनै टिप्पणी नगर्ने बताए। उनले अरू बेला नेतृत्व परिवर्तनको कुरा गर्ने र मौका आउँदा खुट्टा कमाउने काम नगर्न उनले आग्रह गरे। 

कांग्रेस सभापतिका लागि अहिले भइरहेको दोस्रो चरणको चुनावका क्रममा पत्रकारसँग कुरा गर्दै नेता थापाले परिवर्तन परिवर्तन भन्ने नेताहरूले बदलेको आजको परिस्थितिबारे कुनै टिप्पणी नगर्ने बताए। 

सभापतिका लागि उम्मेदवारी दिएर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गरेपछि नेता थापाले कुनै टिप्पणी नगर्ने बताएका हुन्। 

‘हिजो परिवर्तन परिवर्तन भन्ने नेताहरू आज जसका विरुद्ध परिवर्तन भनिएको हो, उसैसँग कुममा कुम जोडेर बसिरहनु भएको छ,’उनले भने,‘उहाँहरूको बारेमा कुनै टिप्पणी गर्नु छैन।’ 

मंसिर २८, २०७८ मंगलबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।