सभागृहको रमाइलो : एकातिर देउवा, निधी र प्रकाशमान, अर्कोतिर शेखर, चन्द्र र गगन

सभागृहको रमाइलो : एकातिर देउवा, निधी र प्रकाशमान, अर्कोतिर शेखर, चन्द्र र गगन

लाइनमा बसेका प्रतिनिधीहरुले पहिला शेरबहादुर देउवा समूहको नमस्कार पाइरहेका छन् भने दोस्रो नमस्कार शेखर समूहको। पहिलो चरणमा सभापतिको प्रत्याशी बनेका प्रकाशमान सिंह र विमलेन्द्र निधी पनि देउवासँगै उभिएर देउवाका लागि भोट मागिरहेका छन्।

उता शेखर समूहमा चन्द्र भण्डारी, मिनेन्द्र रिजाल र गगन थापाले भोट मागिरहेका छन्। देउवाको समूह बसेर भोट मागिरहेका छन् भने शेखरको समूह उभिएर। 

सोमबारको पहिलो चरणको निर्वाचनमा निधीले पहिलो चरणमा सभापतिका कुनै उम्मेदवारले ५० प्रतिशत कटाउन नसक्ने र दोस्रो चरणमा देउवाविरुद्ध घेराबन्दी गर्ने दाबी गरेका थिए। तर उनी दोस्रो चरणमा देउवाको समर्थनमा उत्रिए।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५ बजेसम्ममा एक हजार ४ सय मत खसिसकेको छ। मतदान सकिएपछि आजै मतगणना हुनेछ।

मंसिर २८, २०७८ मंगलबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।