प्रचण्डले पहिरो ल्याएको सेयर बजार सम्हालियो, ६ प्रतिशत बढ्यो

प्रचण्डले पहिरो ल्याएको सेयर बजार सम्हालियो, ६ प्रतिशत बढ्यो

सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको नकारात्मक टिप्पणीपछि बजार ओरालो लागेको थियो। मङ्गलवार ६.०१ प्रतिशत बढेर बजार बन्द भयो। कारोबार बन्द हुनु अगाडि १ अर्ब ८४ करोड २६ लाख ४७ हजारको कारोबार भएको थियो।

१ बजेभित्र ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको बजार पुनः बढेको थियो। मङ्गलवार ३ बज्नुभन्दा सवा १ घण्टा अगाडि नै कारोबार बन्द भएको थियो।

मंसिर २८, २०७८ मंगलबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।