देउवा र कोइराला आमने-सामने : एक-अर्कालाई हेर्दै भोट माग्दै

सभागृहको एकापट्टि शेरबहादुर देउवा कुर्सीमा बसेर मतदातासँग भोट माग्न व्यस्त छन् भने अर्कापट्टि शेखर कोइराला मतदातालाई नमस्कार गरिरहेका छन्।
मतदान गरिसकेर निस्किएका देउवालाई भोट माग्न उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले सघाइरहेका छन् भने अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सँगै छन्।
डा. शेखर कोइरालाको साथमा महामन्त्रीका उम्मेदवारद्वय मीनेन्द्र रिजाल र गगन थापा तथा उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी छन्। उनीहरु पनि शेखरसँगसँगै कार्यकर्तासँग भोटको अपिल गरिरहेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पहिलो चरणबाट सभापति चयन हुन नसकेपछि आज दोस्रो चरणको मतदान भइरहेको छन्। नेपाली कांग्रेसको सभापति जित्न ५१ प्रतिशत मत ल्याउनैपर्ने अनिवार्य व्यवस्था छ।
मंसिर २८, २०७८ मंगलबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।