९१ वर्षीया शान्ति कार्कीले खसालिन् पहिलो भोट

मतदान गरेर फर्किएकी कार्कीले आफू बिपी कोइरालाको बेलादेखि राजनीतिमा लागेको बताइन्।
पर्साको वीरगन्ज महानगरपालिकाकी उपमेयर कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको समेत बताइन्।
उनले आउने स्थानीय तहको चुनावमा महिलालाई मेयर र वडा अध्यक्षको उम्मेदवार बनाउन पार्टी भित्र दबाब सिर्जना गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छिन्।
पहिलो चरणमा कुनै पनि उम्मेदवार विजयी हुन नसकेपछि सभापतिका लागि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।
मंसिर २८, २०७८ मंगलबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।