सभागृहमा धकेला-धकेल भएपछि रिसाउँदै देउवाले भने- यस्तो पनि हुन्छ ?

देउवा प्रवेश गर्ने क्रममा सभागृहको मुल गेटमा कांग्रेस कार्यकर्ताको भीड बढेपछि धकेला-धकेलसमेत भएको छ। मतदाता एवं कार्यकर्ताले धकेला-धकेल गरेपछि रिसाएका थिए।
देउवाले रिसाउँदै कार्यकर्तालाई भने, 'यस्तो पनि हुन्छ?' यति भनेर उनी कार्यकर्तालाई नमस्कार गर्दै भित्र प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवार विजयी हुन नसकेपछि अहिले पुन: मतदान हुन लागेको छ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच सभापतिका लागि प्रतिस्पर्धा भइरहेको छ।
मंसिर २८, २०७८ मंगलबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।