प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। आज छापावाल सुन ९२ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम भएको छ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु २० ले बढेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ।
मंसिर २८, २०७८ मंगलबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।