दिउँसो ३:३० बाट पुनः मतदान, देउवाको सम्भावना प्रवल

दिउँसो ३:३० बाट पुनः मतदान, देउवाको सम्भावना प्रवल

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज दिउँसो ३:३०मा पुनः मतदान हुने भएको छ। यसअघि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपुर्याएपछि सभापति पदमा पुनः मतदान हुने भएको हो। 

मतदानको समय साँझ ७ः३० बजेसम्म तोकिएको छ। दोश्रो चरणको मतदानमा निवर्तमान सभापति शेरबहादुर देउवाको सम्भावना बलियो भएको छ।

पहिलो चरणमा सभापतिका आकांक्षी प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने बताएसँगै हालको अंक गणितअनुसार देउवाले सहजै सभापति पदमा बाजी मार्ने देखिएको छ। 

मंसिर २८, २०७८ मंगलबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।