हृदयेश त्रिपाठीले खोले नयाँ दल, नाम 'जनता प्रगतिशील पार्टी'

काठमाडौंः पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल स्थापना गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनले नयाँ दल स्थापनाको घोषणा गरेका हुन्।
नयाँ पार्टीको नाम 'जनता प्रगतिशील पार्टी' राखिएको छ। यस्तै पार्टीको लोगोमा अर्धचन्द्रभित्र तारा रहेको छ।
त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएका हुन्। हाल नयाँ पार्टीको सञ्योजकमा त्रिपाठी नै रहेका छन्।
उनी गत प्रतिनिधि सभा निर्वाचनमा एमालेको सूर्य चिह्नबाट विजयी भएका थिए।
मंसिर २८, २०७८ मंगलबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।