बलिया भए देउवा, निधिको पनि समर्थन प्राप्त

बलिया भए देउवा, निधिको पनि समर्थन प्राप्त

काठमाडौंः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। निधि निवास बानेश्वर पुगेका देउवालाई उनले आफ्नो समर्थन रहेको बताएका हुन्। 

यसअघि निधि आफू छुट्टै सभापतिमा उठेका थिए। तर जम्मा २४९ मत प्राप्त गरेपछि उनी पहिलो चरणबाटै बाहिरिए। 

दोश्रो चरणमा अब शेखर कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि देउवा प्यानलका निधिले यही महाधिवेशनबाट उनको विपक्षी खेमाका रूपमा अघि बढेका थिए। 

दोश्रो चरणमा निधिले सघाउने भएपछि देउवाको जित सुनिश्चित भएको छ। प्रकाशमान सिंहले केही बेरअघि देउवालाई आफ्नो समर्थन रहेको बताइसकेका छन्। 

सभापतिका लागि दोश्रो चरणको मतदान आज दिउँसो साढे तीनबाट सुरु हुनेछ। 

मंसिर २८, २०७८ मंगलबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।