प्रकाशमानपछि देउवाको 'टार्गेट' निधि

प्रकाशमानपछि देउवाको 'टार्गेट' निधि

काठमाडौंः नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका लागि दोश्रो चरणको चुनाव हुने भएसँगै उम्मेदवारद्वय शेखर कोइराला र शेरबहादुर देउवाले आफ्नो दौडधुप तीव्र पारेका छन्। 

यसअघि छुट्टै प्यानलसहित सभापतिमा उठेका प्रकाशमान सिंहले दोश्रो चरणमा देउवालाई सघाउने भनेसँगै देउवाले हालको अंक गणितअनुसार जित्ने पक्कापक्की भएको छ। तर देउवा पहिलो चरणको मतपरिणामबाट सशंकित भएका कारण प्रकाशमान एक्लैको समर्थनमा ढुक्क भएका छैनन्। 

उनी प्रकाशमानको समर्थन जुटाएर सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिलाई भेट्न उनकै निवास जाँदैछन्। यसअघि देउवा प्यानलकै निधि यही महाधिवेशनबाट देउवासँग रुष्ट भएका थिए। उनैको उम्मेदवारीका कारण देउवाको भोट बाँडिएर पहिलो चरणमा देउवा सभापति हुनबाट वञ्चित भएका हुन्। 

मंसिर २८, २०७८ मंगलबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।