प्रकाशमानको समर्थन देउवालाई

तस्बिर: यूपी लामिछानेको फेसबुकबाट
काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। प्रकाशमान निवास चाक्सीबारीमा पुगेका देउवालाई उनले आफ्नो समर्थन रहेको बताएका हुन्।
यसअघि प्रकाशमान आफ्नो छुट्टै प्यानलसहित सभापतिका उम्मेदवार थिए। तर पहिलो चरणमा ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेपछि दोश्रो चरणमा चुनाव हुने भएको हो।
हालको अंक गणितअनुसार प्रकाशमानको समर्थन प्राप्त गरेपछि देउवाले सभापतिमा जित्ने लगभग पक्का भएको छ।
मंसिर २८, २०७८ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।