रातको समयमा १५ दिन सिद्धार्थ राजमार्ग बन्द गरिने

रातको समयमा १५ दिन सिद्धार्थ राजमार्ग बन्द गरिने

पाल्पाः सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड रातको समयमा बन्द गरिने भएको छ। आजबाट १५ दिनसम्म राति सडक बन्द हुने भएको हो।

सडक चौडा पार्ने काम भइरहेकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए।

बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ। हरेक दिन बुलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताए। 

पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ।

मंसिर २८, २०७८ मंगलबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।