शेखरनिकट नेताहरू पौडेल भेट्न जाँदै, बालुवाटारमा देउवा पक्षको बैठक

काठमाडौंः शेखर कोइरालानिकट नेताहरू बोहोराटार जाँदैछन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनीहरू त्यसतर्फ लागेका हुन्।
स्रोतका अनुसार शेखरनिकट नेताहरू दोश्रो चरणको चुनावमा आफ्नो प्यानललाई सहयोग गर्न भन्दै पौडेललाई भेट्न जान लागेका हुन्।
उनीहरूले पौडेललाई देउवाविरुद्धको लडाइँमा साथ दिन पनि आग्रह गरेका छन्। यस्तै पछिल्लो ५ वर्षसम्म पौडेललाई गुटको नेता मानेकाले परेको बेला सहयोग गर्न पनि उनलाई भनिएको छ।
रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। उनले मतदान पनि गरेनन्।
यस्तै शेरबहादुर देउवा पनि बालुवाटारमा आफ्नो समूहको बैठकमा छन्। उनले यसअघि आफ्नो पक्षमा माहोल बनाउन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रकाशमान निवास चाक्सीबारी पठाएका थिए।
मंसिर २८, २०७८ मंगलबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।