खाँण-सिंह भेट: प्रकाशमानले टीममा छलफल गरेर जवाफ दिने

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस नेता प्रकाशमान सिंहबीचको भेटवार्ता सकिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको चुनावमा सन्तोषजनक नतिजा नआएपछि सिंहलाई भेट्न खाँण चाक्सीबारी पुगेका थिए।
दोश्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउन भन्दै खाँण प्रकाशमानलाई भेट्न पुगेका थिए। प्रकाशमानले दोश्रो चरणको चुनावमा कसलाई मत दिने भन्नेबारे नसोचेको र आफ्नो टीममा छलफल गरेर जवाफ दिने बताए।
यता सभापति पदमा उम्मेदवार रहेका विमलेन्द्र निधिले पनि प्रकाशमानसँग छलफल गरेर अघि बढ्ने बताएका छन्। प्रकाशमानको मत दोश्रो चरणको चुनावमा निर्णायक रहेको छ। देउवालाई जितका लागि पहिलो चरणमा ८२ मतको अभाव थियो भने प्रकाशमानले ३६० मत ल्याएका थिए।
मंसिर २८, २०७८ मंगलबार १०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।