ट्याक्टरले किचेर इलाममा एक जनाको मृत्यु

इलामः जिल्लाको माइजोगमाई गाउँपालिका-४ गैरीगाउँमा हिजो साँझ ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ५४ वर्षीय पूर्णबहादुर घले रहेका छन्।
पराल बोकेको मे१त ११७३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे घले खसेका थिए। सोही ट्याक्टरको पछाडीको चक्काले उनलाई किचेको थियो।
दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी नामसालिङले जनाएको छ।
मंसिर २८, २०७८ मंगलबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।