प्रकाशमानलाई फकाउन गृहमन्त्री खाँण चाक्सीबारीमा 

प्रकाशमानलाई फकाउन गृहमन्त्री खाँण चाक्सीबारीमा 
फाइल तस्बिर

काठमाडौंः गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन्। जारी मतगणनामा सन्तोषजनक मत परिणाम नआएपछि सिंहलाई फकाउन खाँण चाक्सीबारी पुगेका हुन्।

हाल जारी मतगणनाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ५०० मत गन्न बाँकी हुँदा १९९५ मत प्राप्त गरेका छन्। सभापतिमा जित्न २३४० मत आवश्यक रहन्छ।

हाल सिंहले लगभग ३०० मत प्राप्त गरेका छन्। प्रकाशमानले सहयोग गरे देउवाले सभापति जित्नसक्ने छाँटकाँट देखिएपछि गृहमन्त्री खाँण देउवाको पक्षमा माहोल बनाउन चाक्सीबारी पुगेका हुन्। 

मंसिर २८, २०७८ मंगलबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।