ओमिक्रोनबाट पहिलो मृत्यु बेलायतमा

ओमिक्रोनबाट पहिलो मृत्यु बेलायतमा

एजेन्सीः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वमै पहिलो मृत्यु भएको छ। बेलायतमा सोमबार एक जनाको मृत्यु भएसँगै ओमिक्रोनबाट भएको यो पहिलो मृत्यु हो। 

बेलायतमा ओमिक्रोन सर्वप्रथम नोभेम्बर २७ मा पुष्टि भएको थियो।  बेलायती प्रधानमन्त्री बोरिस जनसनले सोमबार ओमिक्रोन सङ्क्रमितको मृत्यु भएको बताए तर मृतकको विवरण भने सार्वजनिक गरेनन्। मृतकले दुवै डोज खोप लगाएका थिए वा थिएनन् भन्ने पनि खुलेको छैन। 

यता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने ओमिक्रोनबाट अन्य मुलुकमा पनि मृत्यु भएको हुनसक्ने बताउँदै सार्वजनिक रूपमा घोषणा भएको यो पहिलो मृत्यु भएको बताएका छन्।

मंसिर २८, २०७८ मंगलबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।